६ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

कारले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

शुक्रबार भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको निधन भएको छ। त्यस्तै  मोटरसाइकल पछाडि सवार गम्भीर घाइते भएका छन्। मदन भण्डारी लोकमार्ग अन्तर्गत गाईघाट–बेलटार खण्ड चौदण्डीगढी नगरपालिका ६ सातधारेस्थित सशस्त्र प्रहरी बल बेसक्याम्प अगाडि भएको दुर्घटनामा चौदण्डिगढी २ माडीबासका ४३ वर्षीय तिलक राईको ज्यान गएको हो।

प्रहरीका अनुसार काठमाडौँबाट पूर्व झापातर्फ जाँदै गरेको प्रदेश ०१–०२६ च ५०६२ नं. को हुण्डाई कारले बेलटारबाट गाईघाटर्फ आउँदै गरेको प्रदेश १–०५–००१ प ८८४९ नं. को मोटरसाइकललाई ठक्कर दिँदा राई गम्भीर घाइते भएका थिए।

मध्यान्हको दुर्घटनामा गम्भीर घाइते राईलाई तत्काल उद्धार गरी उपचारार्थ नगर अस्पताल बेलटार लगिएकोमा उपचारकै क्रममा दिउँसो १ः०० बजे निधन भएको हो।

इलाका प्रहरी कार्यालय बेलटारलाई उद्धृत गर्दै जिल्ला प्रहरी निरीक्षक सन्तोष कार्कीले जनाए अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३१ वर्षीय शरण राई  गम्भीर घाइते भएका छन्। उनलाई नगर अस्पतालमै उपचारपछि थप उपचारका लागि बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको छ।

प्रहरीले घटनास्थलको सर्जमिन मुचुल्का गरी मृतक राईको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टारमा राखेको जनाएको छ।

दुर्घटनामा संलग्न जिप र जिप चालक नुवाकोट बेलकोटगढी नगरपालिका ३ का ५६ वर्षीय बासुदेव सापकोटालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर कार्कीले बताए। 

प्रकाशित: १६ कार्तिक २०८१ २०:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App