२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङमा १९१ जनालाई ‘वैवाहिक अंगीकृत’, आठ जनालाई ‘गैरआवसीय’ नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हालसम्म १ सय ९१ जनालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी समेत रहेकी सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार ताप्लेजुङबाट अहिलेसम्म ८ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्।

चालू आवमा २ तथा आव २०८०/८१ मा ६ जनालाई गैरआवासीय नेपाली नागरिकता वितरण भएको प्रशासन कार्यालयले जनाएको छ। जन्मका सन्तानलाई वंशजका आधारमा दिइने नागरिकता भने अहिलेसम्म ५ जनालाई प्रदान गरिएको खड्काले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेशप्रसाद सिग्देलका अनुसार वैवाहिक अंगीकृत नागरिकता लिनेमध्ये अधिकांश भारतीय मुलका र त्यसपछि तीब्बतीयन मुलका छन्।

नेपाली नागरिकसंग वैवाहिक सम्वन्ध कायम गरेकी विदेशी महिलालाई वैवाहिक अंगीकृत नागरिकता प्रदान गरिन्छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई  नेपालमै बसोबास गरेको र बाबुको पहिचान नभएको व्यक्तिलाई वंशजका आधारमा नेपाली नागरिकता प्रदान हुने गरेको छ। तर, बाबु विदेशी नागरिक भएको ठहरेमा भने उक्त व्यक्तिको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुने कानुनी व्यवस्था छ। ताप्लेजुङबाट असोज मसान्त सम्ममा वंशजका आधारमा भने १ लाख ८७ हजार ८ सय ८ जनालाई नेपाली नागरिकता प्रदान भएको छ।

प्रकाशित: २ कार्तिक २०८१ १२:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App