१६ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

राहत र पुनर्स्थापनाका लागि सुनकोशी गाउँपालिकाले माग्यो सहयोग

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर बाढीपीडितका लागि सहयोग मागेको छ । गत शुक्रवार देखि आइतबारसम्म परेको अविरल वर्षाले सिन्धुलीको सुनकोशी गाउँपालिकामा व्यापक क्षति गरेपछि राहत उद्धार तथा पुनर्स्थापनाका लागि गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेरै आर्थिक तथा प्राविधिक सहयोग मागेको गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले जानकारी दिइन ।

रोशी खोला र सुनकोशी नदीमा आएको बाढीले हाम्रो गाउँपालिकामा धेरै घरधुरी तथा जनसंख्या प्रभावित भएका छन्, गाउँपालिका अध्यक्ष दाहालले भनिन, गाउँपालिकामा बजेट छैन, त्यसैले  पुर्न निर्माण राहत र पुनर्स्थापना गर्न अत्यन्तै कठिन भएको छ, सङ्घसंस्था व्यक्ति राजनीतिक दल सबैलाई आर्थिक सहयोग गरिदिन आग्रह गर्दछौ ।

उनले आर्थिक संकलन राम्रो भए भूकम्प पछिको पुर्न निर्माण जस्तै गरि घर निर्माण गरि नागरिकलाई बासको व्यवस्था गर्ने गाउँपालिकाको योजना रहेको जानकारी दिइन । म सबैलाई सहयोग गरिदिन आग्रह गर्दछु, उनले भनिन, सुनकोशी गाउँपालिकाको राष्ट्रिय वाणिज्य बैक रातमाटा शाखामा रहेको १४८०१००३०७०२०००२ मार्फत सहयोग गर्न सार्वजनिक अपिल गरेका हौ ।

गाउँपालिकाले सहयोग दिन चाहनेका लागि सार्वजनिक सूचनासँगै बैकको क्यूआरकोर्ड सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेसँगै सिन्धुली क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहाल राजनले सबैमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् । विपद्मा सहयोग गर्नेहरूलाई गाउँपालिकाले महत्त्वपूर्ण स्थानमा दिइने भन्दै सहयोग गरिदिन अपिल गरेको हो ।

प्रकाशित: १६ आश्विन २०८१ १४:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App