२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

कसैले तर्साउन खोजेर तर्सिनेवाला छैनौँः बार अध्यक्ष घिमिरे

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाउनु नहुने बताएका छन्।

मंगलबार बार परिसरमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएका हुन्।

उनले सर्वोच्च न्यायपरिषद्ले गरेका कामहरुलाई सर्वोच्च अदालतले आफ्नो विषय बनाएर जान नहुने भन्दै अपहेलना मुद्दाको विषय नै नभएका जिकिर गरे। उनले न्याय परिषद्ले सोमवार आफूबिरुद्ध खेद प्रस्ताव पास गरेको भन्दै न्याय परिषद् गैर संवैधानिक काम गर्ने र बारलाई खेद प्रकट गर्ने काम भएको बताए।

आफू बिरुद्ध दर्ता भएको अपहेलनाको मुद्दा लड्ने उनले बताए। उनले अपहेलना मुद्दा दर्ता गरेर तर्साउन नखोज्न पनि चेतावनी दिए।

उनले भने, ‘न्याय परिषद्ले हिजो मेराबिरुद्ध खेद प्रश्ताव पास गरेको रहेछ। उहाँहरु गैरसंवैधानिक काम गर्ने, खेद जति हामीले खाने भएको रहेछ। आज नेपाल बार एशोसिएशनको बिरुद्ध सर्वोच्च अदालतमा एउटा अपहेलना मुद्दा दर्ता भएको हामीले हे¥यौँ। यो मुद्दा हामी फेस गर्छौँ। नेपाल बार यो मुद्दा फेस गर्छ। यो मेरो मात्रै मुद्दा होइन, कानून व्यवसायीको प्रतिष्ठासँग जोडिएको विषय हो। कसैले तर्साउन खोजेर हामी तर्सिनेवाला छैनौँ। यो अपहेलनाको मुद्दा बन्ने विषय नै थिएन। यो अदालतको विषय नै होइन। न्याय परिषद्को विषयलाई सर्वोच्च अदालतले आफ्नो विषय मान्नु हुँदैन। यसरी हामी संवैधानिक निकायहरुको बीचमा बोल्नै नपाउने हुन थाल्यौँ भने त यो घुमाउरो पारोले हाम्रो अधिकारबाट कुण्ठित गर्ने प्रपञ्च हुँदैछ।’

प्रकाशित: १५ आश्विन २०८१ १८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App