२ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

जुवा खेलिरहेका चार पक्राउ

जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

बाँसगढी नगरपालिका–९ चिसापानी चोक स्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला दैलेख भगवती माई गाउँपालिका–२ घर भई हाल बर्दिया बाँसगढी नगरपालिका–९ का ३६ वर्षीय जय बहादुर सुनार, जाजरकोट छेडागाडा नगरपालिका–६ घर भई हाल बर्दिया नगरपालिका–९ का ४४ वर्षीय प्रेम बहादुर रावल, बाँसगढी नगरपालिका–९ का २० वर्षीय कुशल वली र बाँके बैजनाथ गाउँपालिका–६ का ३९ वर्षीय विनोद सिंह रावल रहेका छन्।

जुवा खालबाट नगद रु ३७ हजार २ सय ७०, चार वटा मोटरसाइकल, खेलिरहेको अवस्थाको खुल्ला तास, नखोलेको तासको १७ वटा गड्डी र ५ सय ग्राम सुकुटी फेला परेको प्रहरीले जनाएको छ। चारै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

प्रकाशित: ३० भाद्र २०८१ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App