३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

दाउरा संकलन गर्ने क्रममा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा दुई किशोर बगेका छन्।  महाकाली नदीबाट दाउरा सङ्कलन गर्ने क्रममा दुई किशोर बगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इश्वर थापाले बताए।

उनका अनुसार आज दिउँसो भीमदत्त–१२ का १८ वर्षीय सौरभ दमाई र सोही ठाउँका १५ वर्षीय अबि दमाई दाउरा सङ्कलन गर्ने क्रममा महाकाली नदीमा बगेका छन्।

तीमध्ये सौरभको शव फेला परेको छ। दोधारा चाँदनी झोलुङ्गे पुल नजिक महाकाली किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

महाकालीमा बगेका अर्का किशोर अबिको अवस्था अज्ञात छ। स्थानीय र सुरक्षाकर्मीले खोजिरहेका छन्। लगातारको वर्षापछि महाकालीमा पानीको बहाब बढी भएकाले नदीको किनारै किनार किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भाद्र २०८१ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App