२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङमा साढे ७० हजारले भरे राष्ट्रिय परिचयपत्रमा विवरण

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले झण्डै साढे ११ सय जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। 

प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार १ हजार १ सय ३४ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको छ। यो चालू आवको साउन भरिको तथ्याङ्क हो।  

आर्थिक बर्ष २०८०/८१ मा ९ सय ३० जनाको कार्ड वितरण गरेको प्रशासन कार्यालयले चालू आवमा २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ। 

प्रशासन कार्यालयका अनुसार अहिले सम्म ताप्लेजुङबाट ७० हजार ५ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराईसकेका छन्। 

१६ वर्ष उमेर पूरा भएको र नेपाली नागरिकताको प्रमाण– पत्र लिएको व्यक्तिले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गर्न सक्नेछन्। 

त्यसका लागि परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले विभागले तोकेको निकाय वा अधिकारीलाई विद्युतीय तस्विर, दुवै हातका १० औंलाको रेखा सहितको विद्युतीय ल्याप्चे छाप,हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ।  

परिचयपत्रको कार्ड लिनका लागि भने परिचयपत्र वाहक स्वयं उपस्थित हुनु अनिवार्य रहेको छ। 

परिचयपत्रको कार्ड वितरण गर्दा सम्वन्धित व्यक्तिको जैविक विवरण प्रमाणित गर्नुपर्ने भएकोले स्वयं उपस्थित हुनुपर्ने नियम रहेको प्रशासन कार्यालयले जनाएको छ। 

विद्युतीय तस्विर, दुवै हातका १० औंलाको रेखा सहितको विद्युतीय ल्याप्चे छाप, हस्ताक्षर लगायतका जैविक विवरण भनिन्छ।  

प्रकाशित: २७ भाद्र २०८१ १२:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App