१ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

१८ घण्टापछि खुल्यो कर्णाली राजमार्ग

पहिरोले अवरुद्ध कर्णाली राजमार्गको सुर्खेत-जुम्ला खण्ड १८ घण्टापछि सञ्चालनमा आएको छ । 

सडक डिभिजन कार्यालय जुम्लाले पहिरो पन्छाएपछि यातायात सञ्चालनमा आएको हो । शनिबार खसेको पहिरोले हुल्म, यस मोड, गगने खोलामा सडक अवरुद्ध भएको थियो ।

 जिल्ला ट्राफिक कार्यालय मान्मका इन्चार्ज टोपबहादुर महताराका अनुसार, साँघुरो सडक भएकाले तत्कालका लागि एकतर्फी सडक खोलिएको छ । पानी पर्ने क्रम कम भएपछि विस्तारै सडक दुईतर्फी खोल्ने बताउँदै उनले त्यसले जोखिम कम हुने विश्वास व्यक्त गरे ।

सडक खुलेसँगै १८ घण्टादेखि रोकिएका ३ सयभन्दा बढी सवारी साधन गन्तव्यतर्फ लागेका छन् । 

प्रकाशित: २३ भाद्र २०८१ १७:२१ आइतबार

#Karnali Rajmarga #Karnali Highway