४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सम्झौता नभएकाले रिठ्ठेपानी डाँडाको माटो कटान प्राधिकरणले गर्‍यो: महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले रिठ्ठेपानी डाँडाको माटो कटान सम्झौता नभएकाले प्राधिकरणले कटान गरेको बताएका छन्।

बिहीवार संघीय संसदको लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनको अध्यक्षतामा गठन गरेको उपसमिति बैठकमा बोल्दै अधिकारीले यस्तो बताएका हुन्।

उनले रिठ्ठेपानी डाँडा कटानको विषयमा समितिले माटोको क्वान्टिटी बराबरको पैसा आयोजना सम्झौतासँग भए/नभएको हेर्न आवश्यक रहेको बताए।  सम्झौता नभएर प्राधिकरणले माटो काटान गरेको उनले उल्लेख गरे।

उनले माटो कटान १५ प्रतिशत ओभर हेडमा काटिएको भन्दै सस्तोमा कटान भएको बताए। कन्सल्टेन्सीलाई २५ प्रतिशत दिएको भए ४२ करोड पुग्ने अवस्था रहेको उनको भनाइ छ। उनले प्राधिकरणले सार्वजनिक खरिद ऐनअनुसार काटान गर्दा वित्तीय हिसावले सस्तो भएको बताए।

ठेक्का सम्झौतामा डाँडा कटान भएर पनि प्राधिकरण कटान गरेको भए गलत हुने उनको भनाइ छ। उनले महालेखा परीक्षक कार्यालयले उठाएको कुरामा संवैधानिक निकायलाई सम्मान गर्ने भन्दै माटो काट्ने सहमति दिने निकाय पोखरा महानगर भएको बताए।  

प्रकाशित: २५ श्रावण २०८१ १२:२४ शुक्रबार

#Pradeep Adhikari