२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

सन्दीपविरुद्ध पुनरावेदन नगर्न गौशाला–२६ को निवेदन, रोकिएला त मुद्दा ?

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ ले सर्वोच्च अदालतमा पुनरावेदन नजान उच्च सरकारी वकिल कार्यालय पाटनमा निवेदन दिएकी छन्।

उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न भन्दै गौशाला–२६ले शुक्रबार पाटन सरकारी वकिल कार्यालयमा निवेदन दिएकी हुन्। उच्च सरकारी वकिल कार्यालय स्रोतले यो कुरा पुष्टि गर्‍यो।

‘उहाँको निवेदन कार्यालयमा प्राप्त भएको छ । उहाँले त्यस्तो निवेदन दिन पाउँछ,’ सरकारी वकिल कार्यालय स्रोतले भन्यो,‘तर मुद्दाका प्रक्रिया त्यत्तिले मात्र रोकिने भन्ने हुन्न।’ यो सरकार वादी रहेको मुद्दा भएकाले पुनरावेदन गर्ने वा नगर्ने भन्ने निर्णय गौशाला–२६ को निवेदनले मात्र निर्क्योल ननिस्कने वकिल कार्यालय स्रोतले बतायो।

जिल्ला अदालत काठमाडौँबाट बलात्कार मुद्दामा सन्दीप दोषी ठहर भएका थिए। जसलाई उच्च अदालत पाटनले उल्टाउँदै सफाइ दिएको थियो। उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गर्न सक्ने प्रावधान छ।

प्रकाशित: ११ श्रावण २०८१ १४:३६ शुक्रबार

#Sandeep Lamichhane