२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

मिर्गौला रोगबाट ग्रसित कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ। उनको गएराति बीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभ लक्ष्मी शाक्यले जानकारी दिइन्।

उनका अनुसार प्रमुख ६० वर्षिय नकर्मीको निधन भएपछि आज नगरपालिकाभर शोक बिदा दिइएको छ।

उनको पार्थिव शरीर बिहान ९ बजेदेखि ११बजेसम्म नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने शाक्यले बताइन्।

प्रमुख नकर्मीलाई लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित थिए। 

प्रकाशित: ११ श्रावण २०८१ ०८:४३ शुक्रबार

#Kirtipur-Municipality