२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोमा परी मृत्यु भएकाको परिवारलाई राहत

अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी पहिरो पीडितका घरमै पुगेर पीडितका आफन्तलाई राहत रकम हस्तान्तरण गरेका हुन्।  

असार २७ गते राती परेको अविरल बर्षाका कारण कास्कीको पोखरा महानगरपालिका–१९ तल्लाकोट टारीमा पहिरोले घर पुरिदा स्थानीय कुलबहादुर परियार, मनकुमारी परियार, लक्षीमा परियार, प्रशना परियारका ज्यान गएको थियो । परियारको परिवारलाई घटनास्थलमै पुगेर राहत रकम हस्तान्तरण गरेको प्रजिअ पाण्डेले बताए।  

विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिको परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी सरकारी मापदण्ड, २०७७ बमोजिम जिल्ला विपद् व्यवस्थापन कोषबाट ५ लाख र गण्डकी प्रदेश सरकारको तर्फबाट २ लाख गरी जम्मा ७ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए।  

विपद्को उक्त घटना कुलबहादुर परियारका नाबालक छोरा बाहेक परिवारका सबै सदस्यको ज्यान गएको थियो। राहत रकमको दुरुपयोग हुन नदिन नाबालक छोराको नाममा बैंक खाता खोली राखिदिने व्यवस्था मिलाउन साथै पहिरोमा परी घर पूर्ण रुपमा क्षती भएकोले आवास पुननिर्माणको प्रक्रिया  सम्बन्धित स्थानीय तह (वडा कार्यालय) ले तत्काल सुरुवात गर्ने गरि निर्देशन समेत दिएको पाण्डेले बताए।  

सोही घटना परी ज्यान गुमाएकी कुलबहादुरकी विवाहित छोरी प्रभा परियार र ज्वाई अस्मित परियारका परिवारलाई समेत आवश्यक कागजात सहित नजिकको हकदार सम्पर्कमा आएपश्चात तत्काल राहत रकम उपलब्ध गराईने समेत प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। प्रभाको स्थायी घर स्याङजा थियो। तर माइती आएको बेला पहिरोमा परेर प्रभा र उनका पति अस्मितको पनि ज्यान गएको थियो।  

प्रकाशित: ३१ असार २०८१ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App