२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

तपाईकाे आजकाे राशिफल

मेष राशिः परिवारमा सामान्य उदररोग देखा पर्न सक्ने छ। व्यापार व्यवसायमा लाभ देखिन्छ। पठन पाठनमा रुची बढ्ने छ। आफन्तको सहयोग लिएर कार्य गर्नु होला। नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ।

वृष राशिः नयाँ कार्यसिद्धिमा सामान्य बाधा छ। धार्मिक कार्यमा रुचि बढ्ने देखिन्छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। विलासी काममा रुचि नलिनु राम्रो छ। व्यवसाय गर्नेलाई दिन राम्रो छ।

मिथुन राशिः आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ। धातु सम्वन्धी व्यवसायमा लगानीबाट उचित लाभ प्राप्त नहुने छ। अध्ययन सफलता मिल्ने योग छ। धन प्राप्तिमा ढिला हुने समय छ।

कर्कट राशिः स्वास्थ्यमा विकार आउने देखिन्छ। उन्नति प्रगतिमा बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाइ मध्यम रहेको छ। सामान्य धन खर्च हुने देखिन्छ। व्यापारमा कम फल प्राप्त हुनेछ।

सिंह राशिः अध्यनार्थीलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ। हल्का उदर रोग देखिन सक्छ। दाम्पत्य जीवनमा उत्साहित हुने दिन छ। टेक्निकल क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ। प्रेमिप्रेमिकाका लागि राम्रो हुने दिन छ।

कन्या राशिः आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। वाणी सफल हुने योग छ। सामाजिक पदप्रतिष्ठा, सम्मान मिल्ने छ। हल्का कर्ण रोग देखापर्न सक्ने छ। रोजगारीको अवसर मिल्ने समय छ।

तुला राशिः स्वदेश भ्रमणको योग छ। कार्य गर्दा होसपूर्वक गर्नुहोला। अध्ययनको कार्यमा प्रवेश गर्नु राम्रो होला। व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु ठीक छ। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

वृश्चिक राशिः यात्रा गर्नु राम्रो होला। सामान्य मतान्तर हुन सक्ने हुँदा, टाढै रहनु होला। व्यापारको काम गर्दा विचार पु¥याएर गर्नु होला। पढाइमा सफलता मिल्ने छ। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

धनु राशिः पढाइको क्षेत्रमा थोरै बाधा आउने छ। धन आउने योग छ। कानमा सामान्य समस्या आउन सक्ने छ। व्यापारव्यवसायमा फल प्राप्तिमा बाधा देखिन्छ। विलासी कार्य र यात्रामा विचार पुर्याउनु होला।

मकर राशिः ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखापर्नेछ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम सद्भाव रहनेछ। मधुर भोजन र पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

कुम्भ राशिः विलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्वन्धी काममा फल प्राप्तिको योग छ। अध्ययनको क्षेत्रमा दिन राम्रो रहेको छ। आर्थिक लाभ हुने दिन छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

मीन राशि: स्वैदेशिक यात्राको समय देखिन्छ। साथीभाइसँग रमाईलो भेटघाट हुनेछ। पराक्रमका साथ कार्य हुनेछ। व्यापार व्यवसायमा फल प्राप्तिमा बाधा योग छ। पढाइमा कार्यसिद्धि योग छ।  

प्रकाशित: २० असार २०८१ ०६:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App