चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका-२ समईगढका स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रहरीका अनुसार मङ्गलवार बिहान ७ बजेतिर खेतमा ट्याक्टरले जोत्ने क्रममा चट्याङ लागेर घाइते भए।
उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्याउँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ असार २०८१ ०९:५६ मंगलबार