२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

झापामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएकाे छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। मेचीनगर नगरपालिका–१५ मा आज बिहान मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा दुर्घटना भएकाे प्रहरीले बताएकाे छ।

दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो।

मोटरसाइलकमा तीन जना सवार थिए। दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।-रासस

प्रकाशित: ८ असार २०८१ ०९:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App