२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

चट्याङले अचेत भएका वृद्धको मृत्यु

विराटनगरमा शुक्रबार बिहान परेको चट्याङले बेहोस भएका एक जना वृद्धको मृत्यु भएको छ ।  

चट्याङ पर्दा बेहोस भएर ढलेका विराटनगर महानगरपालिका–१७ मटेरुवाका ७० वर्षीय हबी बुल्ला मियाँको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार मस्जिदबाट नमाज पढेर फर्कंदै गरेका मियाँ चट्याङ पर्दा बेहोस भएर बिहान ६ बजेतिर ढलेका थिए ।  

आफन्तले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पु¥यानसाथ चिकित्सकले मृत घोषित गरेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धान थालिएको छ ।’

त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका–१० सयपत्री टोलमा चट्याङ परेर आगलागी हुँदा स्थानीय यमनाथ बरालको परालको कुन्यू जलेर ध्वस्त भएको छ । बिहान साढे ४ बजेतिर परेको चट्याङले १ बिघा जमिनको परालको कुन्यू जल्दा २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, स्थानीय र दमकलको सहयोगमा ५ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।  

चट्याङले सुन्दरहरैँचा–१० कै हिक्मत राउतको घरमा रहेको एउटा टिभी र वाइरिङ गरेको तारको बोर्डमा क्षति पु¥याएको छ । घटनामा २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । धनपालथान गाउँपालिका–३ बेतौनाका मानबहादुर राजवंशीको गाई र बाच्छीलाई चट्याङले मारेको छ । मसलाको रुखमा बाँधिएका गाई र बाच्छीलाई बिहान ७ बजेतिर परेको चट्याङले मारेको प्रहरीले जनाएको छ ।  

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App