२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

विराटनगरबाट ब्राउन सुगरसहित ४ जना पक्राउ

लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित विराटनगरबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।  

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का २१ वर्षीय मदन चौधरी र भोजपुरको अरुण गाउँपालिका–१ का २० वर्षीय विनोद शिवालाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । भारतको जोगबनीबाट ब्राउन सुगर लिएर आउँदै गर्दा चौधरी र शिवालाई बुधबार साँझ साढे ५ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

शंका लागी शरीर खानतलासी गर्दा उनीहरुको साथबाट ४१.३३ ग्राम ब्राउन सुगर बरामद भएको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।  

त्यस्तै, प्रहरीले १ नम्बर ढाटबाटै सुनसरीको दुहबी नगरपालिका–४ का २० वर्षीय पारस चौधरी र झापाको गौरादह नगरपालिका–२ का ३५ वर्षीय सञ्जीव खड्कालाई पक्राउ गरेको छ । जोगबनीबाट पैदल नै नेपालतर्फ आउँदै गरेका चौधरी र खड्कालाई प्रहरीले बुधबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो ।  

उनीहरुको साथबाट २.५३ ग्राम ब्राउन सुगर बरामद भएको थियो । चौधरी र खड्कालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान भइरहेको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।  

 

 

प्रकाशित: ३१ जेष्ठ २०८१ १३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App