२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

१२ राशिका ग्रहफल

मेष राशि

छोटो यात्रा गर्नु राम्रो होला। पढाइमा सफलता मिल्ने छ। बाहिरी काममा सामान्य मतभिन्न हुन सक्ने छ। संगीसँग प्रेम सद्भाव रहने छ। व्यापारको काम गर्दा विचार पुर्‍याउनुहोला।

वृष राशि

कार्य गर्दा विचारपूर्वक गर्नुहोला। धन खर्चको समय देखिन्छ। पेटको समस्याले दुःख दिन सक्छ। व्यापारको क्षेत्रमा आर्थिक लगानी गर्नु मध्यम छ। अध्ययन, लेखनमा राम्रो छ।

मिथुन राशि

अध्ययनमा सफलता मिल्ने योग छ। प्रेमीहरुका लागि दिन राम्रो छ। धातुसम्बन्धी व्यवसायमा लगानी गर्नु उचित मानिन्छ। आफ्नो कार्य क्षेत्रमा प्रभुत्व बढाउन सफल भइने छ।

कर्कट राशि

सामाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। दाजुभाइबीच प्रेम र सद्भाव रहने छ। ज्ञान क्षेत्रमा रुचि बढ्ने छ। आँखामा सामान्य रोग देखा पर्ने छ। मिष्ठान्न भोजनको दिन छ।

सिंह राशि

दिनभरि नै बोलीको प्रभाव जमाउन सकिने छ। विलासी खानपानमा रुचि नगर्नु बेस हुन्छ। जग्गाजमिनको काममा फल प्राप्तिको योग छ। अध्ययन क्षेत्रमा दिन राम्रो छ। सामाजिक कार्यमा सम्मान मिल्ने छ।

कन्या राशि

घर निर्माणको योग छ। आफ्नो काममा प्रभुत्व जमाउन हल्का सफल भइने छ। सामाजिक पद प्रतिष्ठा र सम्मान मिल्ने छ। रोजगारीको अवसर ढिला मिल्ने समय छ।

तुला राशि

धन आर्जन हुने योग देखिन्छ। व्यापार–व्यवसाय गर्नेलाई दिन राम्रो छ। नयाँ कार्य पूर्णसिद्धिमा सामान्य वाधा छ। वैदेशिक कार्यमा सफलता प्राप्त हुने देखिन्छ। धार्मिक कार्यमा रुचि बढ्ने छ।

वृश्चिक राशि

नयाँ कार्यमा रुचि नलिनु होला। पठनपाठनमा रुचि बढ्ने छ। परिवारका सदस्यमा छालासम्बन्धी सामान्य समस्या देखा पर्न सक्ने छ। सहयोग लिएर कार्य गर्नुहोला। नियमित गरिने व्यापार–व्यवसायमा लाभ देखिन्छ।

धनु राशि

साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। व्यापार–व्यवसायमा आर्थिक लाभ हुने योग छ। पराक्रमबाट कार्य सिद्धि हुनेछ। पढाइ–लेखाइमा कार्य सिद्धि हुनेछ। वैदेशिक यात्राको समय देखिन्छ।

मकर राशि

व्यापारमा कम फल प्राप्त हुने छ। स्वास्थ्यमा विकार आउने देखिन्छ। विद्यार्थीका लागि पढाइ राम्रो देखिन्छ। धन आर्जनभन्दा खर्च बढी हुने देखिन्छ। उन्नति र प्रगतिमा सन्तोष हुने दिन छ।

कुम्भ राशि

उत्साहित हुने समय छ। प्राविधिक क्षेत्रमा लगानी गर्दा मध्यम हुन्छ। धन खर्च हुने योग देखिन्छ। दाम्पत्य जीवनमा सुख-शान्ति मिल्ने छ। अध्यनार्थीहरूलाई ज्ञान आर्जनमा रुचि बढ्ने छ।

मीन राशि

भेटघाटमा सहभागी हुनुपर्ने छ। स्वजनबाट धन खर्च हुने योग छ। पढाइ क्षेत्रमा थोरै वाधा आउने छ। व्यवसायमा फल प्राप्तिको समय त्यति शुभ छैन। राजनीतिक क्षेत्रमा दिन राम्रो छ।

प्रकाशित: २९ वैशाख २०८१ ०६:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App