२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु

ट्याक्टर दुर्घटनामा परी ताप्लेजुङ्गमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मैवाखोला गाउँपालिका वडा नं. ६ बस्ने अन्दाजी ३५ वर्षिय फुतेम्बा शेर्पा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार ट्याक्टर दुर्घटनामा परी घाइते भएका उनको उपचारको क्रममा झापातर्फ लैजाने क्रममा पाँचथरको हेवाखोला नजिकै मृत्यु भएको हो।

प्रहरी निरीक्षक लुङ्गेलीका अनुसार बिहीवार आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ स्थित दोभान–फाकुम्बा सडक खण्डमा प्र नं. ०१–०२–००३ त २८१३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करि ६०–७० मिटर तल खसेको थियो।

ट्याक्टरमा सवार उनको टाउको र बाँया खुट्टामा चोट लागि उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइएकोमा उनलाई थप उपचारका लागि चिकित्सकले झापा रिफर गरेका थिए।

शव पोष्टमार्टम पछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ वैशाख २०८१ १२:५९ बिहीबार

ट्याक्टर दुर्घटना ताप्लेजुङ्ग एकजनाको मृत्यु