८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नेपाल रिपब्लिक मिडियाका अध्यक्ष ज्ञवालीले गरे नागरिक नायक कार्यक्रमको उद्घाटन

नागरिक नायक–२०८१ घोषणा कार्यक्रमको उद्घाटन गरिएको छ।

नेपाल रिपब्लिक मिडिया लिमिटेडका अध्यक्ष विनोदराज ज्ञवालीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका हुन।

यस मिडियाले हरेक वर्ष नागरिक नायक घोषणा गर्दै आएको छ। नेपाली समाजका लागि उत्कृष्ट योगदान पुर्याएकालाई यसवर्ष नागरिक नायकबाट सम्मान गरिने छ।

नेपाल रिपब्लिक मिडियाले समाज परिवर्तनका लागि संघसंस्था र व्यक्तिहरुले गरिरहेको अथक मेहनत, प्रयास र सफलतालाई प्राथमिकतामा राखेर नायकहरुको पहिचान गर्दै आएको छ। त्यस्ता व्यक्ति र संघसंस्थालाई सम्मान गरेर व्यक्ति, संघसंसथा र समुदायलाई उत्प्रेरित गर्ने उद्देश्यका साथ नागरिक नायक घोषणा गर्दै आइएको हो।

यसअघि डा.गोविन्द केसी,महाविर पुन,खैरुन निसा,यन्दिरा सापकोटा,डा.सन्दुक रुइत,रामेश्वरप्रसाद खनाल,रामप्रसाद श्रेष्ठ,फुलकुमारी योञ्जन श्रेष्ठ,पासाङ शेर्पा,धुर्मुस सुन्तली, सत्यमोहन जोशी,पुर्ण गौतम,पवन सिंधानिया श्रीजंग शाह,दिनेश तामाङ,विनोद शाही,मुस्कान खातुन,टेकु अस्पताल, रबिन्द्रलाल चौधरी,सत्यनारायण महतो (आलोक),विष्णु गौतम,छिटुप दोर्जि लामा नागरिक नायक भइसकेका छन्।

प्रकाशित: ११ वैशाख २०८१ १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App