२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कारागारबाट छुटेको नौ महिनामै पेस्तोलसहित पक्राउ

प्रहरीले मोहन वैद्य समूह निकट रहेका एक व्यक्तिलाई चाइनिज पेस्तोल, त्यसका लोड भएको म्यागजि तथा ९ राउण्ड गोलीसहित भोजपुरमा पक्राउ गरेको छ।

वृद्ध महिलालाई लुटपाट गरेको अभियोगमा उनलाई आधुनिक पेस्तोलसहित पक्राउ गरेको हो। वैशाख २ गते राती ९ बजेको समयमा भोजपुर जिल्लाको षडानन्द  न।पा। वडा नं–०२ बस्ने बर्ष ८५ कि पासाङ ल्हामु शेर्पालाई जुगे जङ्गलमा लुटपाट गरी भागेको अवस्थामा खोजी गर्ने क्रममा सुमित परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदीप पाठकले जानकारी दिए।

उनी कारागारबाट छुटेको ९ महिनामै लुटपाटमा संलग्न भएको डिएसपी पाठकले जानकारी दिएका छन्। ‘उनी नौ महिना अघि मात्रै कारागारबाट छुटेको पाइएको छ’, डिएसपी पाठकले भने।

‘नाम थर वतन नखुलेको १ जना अधवैसे पुरुष मानिसले हातहतियार पेस्तोल समेत देखाई सुनका गरगहना तथा नगद रकम समेत लुटपाट गरी लगेको भन्ने समेत ब्यहोरामा इलाका प्रहरी कार्यालय दिङ्ला भोजपुरमा निवेदन दिएपछि खोजतलास गर्ने क्रममा उनी पक्राउ परेका हुन्’, डिएसपी पाठकले भने।

प्रहरीले राती नै खोजतलास गर्ने क्रममा  जिल्ला भोजपुर षडानन्द नगरपालिका वडा नं। ९ स्थित भुल्केटोल स्थित जङ्गल जाने मूलबाटोमा टेम्के मैयुङ गा।पा। वडा नं। १ तिम्मामा फेला पारेको थियो। उनले पछाडि भिरेर बोकेको कालो झोला खोलेर हेर्दा सो झोला हात हतियार खरखजाना तथा पासाङ ल्हामु शेर्पाको लुटपाट भएको सुनका गरगहना समेत फेला परेको थियो।

प्रहरीले उनको साथबाट पेस्तोल थान १, सोही पेस्तोलमा लोड भएको म्याग्जिन एक थान, सो म्याग्जिनमा लोड भएको गोली ७ (सात) राउण्ड (सानो पेस्तोलमा प्रयोग हुने) , सेतो प्लास्टिकको टेपमा बेरेर राखेको गोली ४ (चार) राउण्ड र नगद रकम नौ हजार पचास मात्र तथा लुटपाट गरेको सुनका गरगहना समेत बरामद गरेको जनाएको छ।

डिएसपी पाठकका अनुसार ने।क।पा। विप्लव समूहबाट ने।क।पा। बहुमत समूह हुँदै हाल ने.क.पा. वैद्य समुहमा आबद्ध रहेका छन्। पक्राउ परेका परियारलाई यस अघि भोजपुरबाटै २०७६ सालमा पक्राउ गरी सङ्गठित अपराध, अपराधीक उपद्रव, एनसेल टावर आगजनी, राज्यबिरुद्द को कसुर लगायत ५ वटा मुद्दामा पक्राउ गरिएको थियो। सोही आरोपमा परियारलाई ३ बर्ष ६ महिना कैद सजाय भएकोमा सो कैद भुक्तान गरी २०८० साल भदौ महिनामा कारागार बाट छुटेर भोजपुर पुगेका थिए।

प्रकाशित: ३ वैशाख २०८१ १२:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App