१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

ईरानले आक्रमण सुरु गरेपछि सुरक्षित बस्न इजरायलस्थित नेपाली दूतावासको आग्रह

ईजरायलस्थित नेपाली दूतावासले आफ्ना नागरिकलाई सुरक्षितसाथ बस्न आग्रह गरेको छ।

इजरायलमाथि ईरानले आक्रमण सुरु गरेको भन्दै दूतावासले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो। साथै सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन पनि दूतावासले अनुरोध गरेको छ।

मन्त्रालयले आइतवार सूचना जारी गर्दै ईजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका भन्दै आगामी सोमवार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेल नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीह–लाई स्थानीय सुरक्षा प्रोटोकलहरुको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं।

साथै कुनैपनि सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ।

दूतावासमा सम्पर्कका लागिः

१. कुमार बहादुर श्रेष्ठ, द्वितीय सचिव – ०५२–८२८९३००

२. संजय कुमार साह, सहचारी – ०५४–५५८२०७७

प्रकाशित: २ वैशाख २०८१ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App