२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सहचालकले हाँकेको बस दुर्घटनामा पर्दा आठ यात्रु घाइते

पोखरा महानगरपालिका–२५ हेम्जा सुईखेतमा बिहीबार बिहान दुर्घटनामा परेको यात्रुवाहक बस सहचालकले चलाएको खुलेको छ। काठमाडौंबाट म्याग्दीको बेनी जाँदै गरेको ग २ ख १६३० नम्बरको बस बिहीबार बिहान ३ बजेतिर दुर्घटनामा परेको थियो।

कास्की प्रहरीका अनुसार दुर्घटनामा आठ जना यात्रु घाइते भएका थिए। चालकले नियन्त्रण गुमाउँदा सडकको बायाँ किनारमा बस पल्टेको थियो।

बसका चालक म्याग्दी बेनी नगरपालिका–६ का ३२ वर्षीय राजकुमार गैरेलाई नियन्त्रणमा लिइ अनुसन्धान गर्दा उक्त बस सहचालक म्याग्दी बेनी नगरपालिका–४ तातोपानी बस्ने वर्ष २५ का विनोद दर्जीले चलाएको खुलेको प्रहरीले बताएको छ।  

दुर्घटनामा आठ जना यात्रु घाइते भएका थिए। उनीहरूमध्ये ६ जना डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ।  

प्रकाशित: २९ चैत्र २०८० १४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App