२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

स्थानीयले सार्वजनिक बसमा लगाए आगो

साइकल यात्रुलाई ठक्कर दिएको आक्रोशमा सर्लाहीमा गुडिरहेको बसमा स्थानीयवासीले आगो लगाएका छन्। आगो लगाएपछि बिच सडकमै सार्वजनिक बस ह्वारह्वारती बलेको थियो।

सर्लाहीको कविलासी चौकमा स्थानीयले बसमा आगजनी गरेका हुन्। केही बेर अघि ग २ ख १४४० नम्बरको बसमा स्थानीय आगजनी गरेका हुन्। बसले एक जना साइकल यात्रीलाई ठक्कर दिएर घाइते बनाएपछि आक्रोशित स्थानीयले आगजनी गरेका हुन्।

कविलासी नगरपालिका–१० सलेमपुरका जुगल महतोलाई बसले ठक्कर दिएको हो। साइकलमा रहेका महतोलाई ठक्कर दिएपछि महतो गम्भीर घाइते भएका छन्। बस चालकले साइकलमा सवार महतोलाई मार्न खोजेको आरोप स्थानीयको छ। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८० १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App