२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अवैध वन फडानीको आरोपमा एकजना पक्राउ

अवैध तरकिाले कटान गरिएका रुख। तस्बिर : महेश्वर

डिभिजन वन कार्यालय गाईघाटले अवैध वन फडानी गरेको आरोपमा बिहीबार काठसहित एकजनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको बेलका नगरपालिका ६ स्थित राष्ट्रिय वन र सामुदायिक वन क्षेत्रबाट अवैध वन फडानी भएको साल जातको काठसहित सोही वडाका हिरण विश्वकर्मा पक्राउ परेका हुन्।

निमित्त डिभिजन वन अधिकृत रामभगत यादवका अनुसार वन फडानी गरी काठ ओसारपसार तथा बिक्रीवितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा सब डिभिजन वन कार्यालय मैनामैनीका वन कर्मचारी टोलीले घटनास्थलबाट विश्वकर्मालाई पक्राउ गरेको हो।

डिएफओ यादवले आफूसहित टोली घटनास्थल पुग्दा ढालेको रूख र गोलिया तथा चिरान काठ भेटिएपछि उनलाई नियन्त्रण गरी कारबाही प्रक्रिया अघि बढाइएको बताए।

वन कर्मचारी टोली घटनास्थलमै रहेर सर्च अप्रेसन कार्य जारी राखेको पनि यादवले बताएका छन्। हालसम्म ३ ट्र्याक्टर सालको चिरान काठ बरामद भएको छ। काठको नापजाँच गर्न बाँकी भएकाले परिमाण भने यकिन भइनसकेको डिएफओ यादवले बताए।

पक्राउ ३१ वर्षीय विश्वकर्मालाई हिरासतमा राखी वन ऐनअनुसार कारबाही प्रक्रिया सुरु भएको छ।

प्रकाशित: २५ फाल्गुन २०८० १३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App