१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

१४ किलो सुनबारे अनुसन्धान गर्न सीआईबीद्वारा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष गुरुङ पक्राउ

प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ जोनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भइ आएको १४ किलो सुनबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको सिआइबी स्रोतले जनाएको हो। प्रहरी स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउ गर्न पत्रचार गरिएको थियो। त्यसकै आधारमा प्उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको हो।

१४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको आरोप लागेको छ। यस प्रकरणमा चन्द्र घले र घलेले पोलेका मीनबहादुर घलेलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा १ अर्ब ४० करोड ५५ लाख रुपैयाँ विगो दाबीसहित मुद्दा दायर भइसकेको छ।

प्रकाशित: १४ फाल्गुन २०८० १०:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App