१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

धनकुटाका युवा लागू औषसहित उदयपुरमा पक्राउ

उदयपुरबाट लागू औषधसहित पक्राउ रोशन श्रेष्ठ । तस्विरः महेश्वर

धनकुटाका एक युवा उदयपुर सदरमुकामबाट लागू औषधसहित पक्राउ परेका छन्।विभिन्न किसिमका लागू औषध सहित धनकुटा नगरपालिका ४ का २२ वर्षीय रोशन श्रेष्ठ बुधवार साँझ पक्राउ परेका हुन्।

अस्थायी प्रहरी चौकी चुहाडेबाट खटेको टोलीले त्रियुगा नगरपालिका ८ चुहाडेबाट पक्राउ गरेको श्रेष्ठको साथबाट ५१ थान लागू औषध बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार श्रेष्ठको साथबाट फेनारगन १७ एम्पुल, बु्रपिनोफिन १७ र प्रोमेथाईजिन १७ गरी ५१ एम्पुल लागू औषध बरामद भएको छ।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखेर अनुसन्धान भईरहेको छ । उनीमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतबाट ७ दिनको म्याद दिएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ४ माघ २०८० ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App