२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

रायमाझी र पाण्डेलाई थुनामा राख्नुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश

सर्वोच्च अदालतले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेलाई थुनामा राख्ने आदेश दिनुको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश गरेको छ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले निजहरुलाई थुनामा राख्नुपर्ने कारणसहितको कैफियत प्रतिवेदन उच्च अदालत पाटनबाट झिकाउने आदेश गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए।  

 थुनामै राखेर मुद्दाको प्रक्रियाअघि बढाउन माग गर्दै उच्च अदालत पाटनको आदेशविरुद्ध रायमाझी र पाण्डेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै अदाललते कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको हो।

उक्त प्रकरणमा पूर्वमन्त्री रायमाझी र सचिव पाण्डेलाई जिल्ला अदालत काठमाडौँले थुनामा राख्न आदेश गरेको थियो। जिल्ला अदालतको सोही आदेशलाई उच्च अदालत पाटनले सदर गरेको थियो।

प्रकाशित: १६ पुस २०८० १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App