हिन्दू संस्कृतिमा कुनै व्यक्तिको देहान्त भयो भने १३ दिन आशौच बारिन्छ। तर पश्चिमा संस्कृतिमा देहान्त भएको लाश अगाडि राखेर ती व्यक्तिको योगदान, प्रभाव र अभावमाथि धारणा राखिन्छ।
अचेल शोकका बेला त्यसरी धारणा राख्नु ठीक हो कि होइन भन्ने बहस थालिएको छ। यस्तोमा एउटा संस्थाले हालै गरेको सर्भेमा ४७ प्रतिशत व्यक्तिहरूले शोकलाई कम गर्न त्यस्ता समारोहले भूमिका खेल्ने धारणा राखेका छन् भने त्योभन्दा बढी समूहले भने शोकका बेला दुनियाँदारी भेला गर्ने तनाव लिनु उचित त हुने टिप्पणी गरेका छन्।
दुई हजार पाँच सय व्यक्तिहरूमाझ गरिएको सो सर्भेमा बढी जसोले त्यस्तो कार्यक्रम नगरे हुने भन्ने धारणा राखेका थिए। यत्तिका शताब्दीसम्म यस्तो परम्परा चले पनि आखिरमा मानिसहरू यसविरुद्ध अचानक किन देखापरे त?
अहिले यसको खोजी भइरहेको छ। थियोस नामक एउटा धार्मिक थिंक ट्यांकले यो सर्भे गराएको थियो।
रेभडरेन्ड जस्टिन वेल्बाईले भने यस किसिमको धारणा जन्मनुले आश्चर्यमा पारेको प्रतिक्रिया दिएका छन्। पछिल्लो समय बेलायतमा आर्थिक संकट बढ्नु, जीवन चलाउन पनि महँगो पर्नु, त्यसमाथि शोक मनाउने दिन गरिने भोजभतेर थप महँगो बनिरहेका कारण धेरैजसो सर्वसाधारणले चूपचाप शोक मनाउने, त्यसका लागि परिवारजन र अन्य आफन्त नबोलाउने मत बढ्न थालेको हो। बरु सिधै सत्गत् गर्ने र चूपचाप घरैमा शोक मनाउने गर्दा वास्तविक शोक हुने र खर्च पनि बच्ने प्रतिक्रिया केहीको छ।
चर्चमा गरिने अन्तिम कार्यक्रममा सहभागी हुनेहरू ७६ प्रतिशत थिए भने कहिल्यै पनि यसता कार्यक्रममा भाग नलिनेहरूको प्रतिशत ३८ प्रतिशत थिए। केहीले त आफ्नो सत्गत् कार्यक्रमका लागि पैसा बचाउनै नसकेकामा आफ्नो सत्गत् नगरे पनि हुन्छ भन्नेहरूको प्रतिशत १३ पुगेको छ।
चर्चमा आयोजना हुने यस्ता कार्यक्रम कमभन्दा कम आयोजन हुनु भनेको मृत्युप्रति सर्वसाधारणको कम जानकारी हुनु, मृत्युबोध कम हुनु भएको बताउँदै रेभरेन्ड जस्टिन वेल्वाईले यस्तो अवस्था आउनु दुखद भएको बताए।
उनी भन्छन्, कसैको मृत्युलाई महँगो, धेरै समय खाने र सन्दर्भहीन ठानिन थाल्नु भनेको उदेकलाग्दो अवस्था हो।’
भविष्यमा मृत्यु अनौठो हुने र शोक मनाउनु अपराधबोधमा परिणत हुने दिन धेरै टाढा नभएको भन्दै आउँदा दिनमा यस्तो शोक व्यवस्थापन गर्न ’ग्रिफबोट (शोकसंवाद) आवश्यक पर्नेसमेत देखिएको अध्ययन प्रतिवेदनमा औल्याइएको छ।
अध्ययन प्रतिवेदनका लेखकद्वय मेडलिन पेनिङटन र नाथन लादिन लेख्छन्, ’बेलायतमा शोकसभा मात्र यस्तो ठाउँ हो, जहाँ मृत्युबारे खुला चिन्तन गरिन्छ। यस्तो चिन्तन अब कम हुँदै जाने देखिएको छ।
प्रकाशित: १४ मंसिर २०८० ०६:०८ बिहीबार