८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

जाजरकोटमा सोमबार दिउँसो ४ बजेसम्म ३९७ परकम्प

शुक्रबार राती गएको जाजरकोटको भूकम्पको अहिलेसम्म ३९७ परकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ४ बजेसम्म ३९७ परकम्प गएको हो।

आज दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ म्याग्निच्युडको सबैभन्दा ठूलो परकम्प गएको छ। त्यसपछि ४ बजेर ४१  मिनेटमा ४।५  म्याग्निच्युडको अर्को परकम्प गएको छ।

भूकम्पबाट जाजरकोटमा १०१ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ। त्यस्तै भूकम्पबाट जाजरकोटमा मात्रै १३१ जना घाइते भएका छन् भने रुकुमपश्चिममा मात्रै १८९ जना घाइते भएका छन्।

प्रकाशित: २० कार्तिक २०८० ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App