२ असार २०८१ आइतबार
image/svg+xml
समाज

कोसी प्रदेशमा २० जनाको गोताखोर टोली तयार

सप्तकोसी नदीमा डेमो प्रदर्शनका क्रममा डुङ्गा दुर्घटना भएपछि उद्धार गरिदै। तस्बिर:नागरिक

सशस्त्र प्रहरीले विपद्मा उद्धार प्रभावकारी बनाउन कोसी प्रदेशमा २० जनाको डीप वाटर ड्राइभिङ् टे«निङ् (गोताखोर) प्राप्त टिम तयार गरेको छ।

कोसी प्रदेश स्तरीय सशस्त्र प्रहरी बल पूर्वी मुख्यालय बराह बाहिनी पकली सुनसरीले भदौ १७ गते देखी तालिम सुरु गरेर दुई महिनाको अवधिमा  तयार गरेको घोषणा गरेको हो।तालिममा सहभागी प्रशिक्षार्थीलाई पूर्वको सप्तकोसीसँगै पश्चिमका फेवाताल, त्रिशूली नदी र कुलेखानीमा तालिम गराएर शुक्रवार सप्तकोसी नदीमा ‘डेमो’ प्रदर्शन गरि प्रमाणपत्र प्रदान गरिएको छ । तालिममा सशस्त्र प्रहरी जवान दिनेश बहादुर शाही प्रथम भएका थिए।

तालिममा सहभागी सबैलाई कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । सो क्रममा उनले सशस्त्र प्रहरी बल नेपालले देशको आन्तरिक सुरक्षा, सीमा सुरक्षा सँगसँगै विपद् व्यवस्थापनमा प्रभावकारी ढङ्गबाट कार्य सम्पादन गरिरहेको र आगामी दिनहरूमा पनि यस कार्यलाई निरन्तरता दिने कार्यमा प्रदेश सरकारबाट पूर्ण साथ र सहयोग रहने बताए । 

सशस्त्र प्रहरी बल पूर्वी मुख्यालय बराह बाहिनी पकली सुनसरीका डिआइजी अञ्जनीकुमार पोखरेलका अनुसार देशभर ७४ जना गोताखोर तालिम लिएका रहेकोमा  अब २० जना थपिएर ९४ जना पुगेका छन् । पछिल्लो समय कोसी प्रदेशका लागि सशस्त्र प्रहरीका १८ जना र जनपथ प्रहरीका दुई जना गोताखेर उत्पादन गर्ने कोसी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयले सहयोग गरेको  हो।

पानी भित्रको विभिन्न गहिराइमा पुगी खोज तथा उद्धार कार्य गर्ने उपकरणसहितको विशिष्ट तालिम प्राप्त व्यक्तिलाई गोताखोर भनिन्छ। तालिम प्राप्त गोताखोरले अक्सिजनयुक्त विशिष्ट उपकरणसहित स्थिर तथा निश्चित बहावयुक्त पानीभित्र स्थान अनुसार १६० फिट गहिराई सम्म लगातार एक घण्टासम्म खोज तथा उद्धार कार्य गर्न सक्छ।

नेपालको ठुलो नदी सप्तकोसी, कर्णाली, नारायणी, त्रिशूली, गण्डकी, सेती नदीलगायतको गहिरो खोचदेखि समुन्द्री सतहबाट झन्डै ४७ सय  मिटर उचाइमा रहेको गोक्यो ताल तथा सामान्य नदी ताल तलैया तथा पोखरीहरूमा गोताखोरले  खोज तथा उद्धार कार्य गर्दै आइरहेको छ।

सशस्त्र प्रहरी बल नेपालका गोताखोर टोलीले हालसम्म देशभरमा घटेका विभिन्न २५८ घट्नाहरुमा परिचालन भएर ३२ जनाको जीवित उद्धार गरेको छ । यस्तै, २५८ वटा शव नदी, ताल तलैया र पोखरीबाट निकाल्न सफल भएको  छ।

गोताखोर टोलीको ‘डेमो’ प्रदर्शनका क्रममा सप्तकोसीमा डुङ्गा दुर्घटना

सशस्त्र प्रहरीको गोताखोर तामिलको समापनका क्रममा ‘डेमो’ प्रदर्शनका क्रममा सप्तकोसी  नदीमा सशस्त्र प्रहरीको डुङ्गा दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको डुङ्गा शुक्रवार दिउँसो दुई बजे चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। 

उदयपुरतर्फ जाने क्रममा डुङ्गा दुर्घटना भएको हो।दुर्घटनामा परेर विराटनगरका पत्रकार कुमोद अधिकारी,जितेन्द्र ठाकुर,महाप्रसाद खतिवडालगायत सामान्य  घाइते भएका छन्।सबै जनाको उद्धार गरिएको छ। केही घाइतेलाई सशस्त्र प्रहरीले उद्धार गरि उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ। 

प्रकाशित: १७ कार्तिक २०८० १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App