३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चन्दननाथ नगरपालिकाको न्यायिक समितिले आफ्नै इजलास कक्षबाट सुरु गर्‍यो काम

जुम्लाको चन्दननाथ नगरपालिकाको न्यायिक समितिले आफ्नै इजलास कक्षबाट काम सुरु गरेको छ।

यसअघि छुट्टै इजलास कक्ष नहुँदा नगरपालिकाको शभाहल त, कहिले उप-मेयरको कार्य कक्षबाटै विवादित विषयमा न्याय निरुपण गर्दै आएको न्यायिक समितिले आफ्नै इजलास कक्षबाट काम सुरु गरेको हो।

जुम्ला चन्दननाथ नगरपालिकाकी उप-मेयर रामदेवी खड्काले इजलास कक्षबाटै न्याय निरुपण गर्न थालेको जानकारी दिइन्।

इजलास नहुँदा नगरपालिकाको हल, खुला मैदानमै बसेर छलफल गरेर विवाद समाधान हुँदै आएकोमा पछिल्लो पटक दर्ता भएका निवेदनमाथि इजलासमै छलफल हुने गरेको उनी बताउँछिन्।

नेपालको संविधानले स्थानीय तहका उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको समेत जिम्मेवारी तोकेको छ। न्यायिक समितिका संयोजकहरू इजलास कक्षको अभाव हुँदा कार्य सम्पादनमा समस्या परेको बताउँदै आइरहेका छन्।

न्यायिक समितिमा आउने अधिकांश मुद्दा घरेलु हिंसा, झै झगडा, कुटपिट र जग्गासम्बन्धी हुने गरेको पाइन्छ।  

प्रकाशित: १० कार्तिक २०८० ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App