२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

इजरायलस्थित नेपाली दूतावासले भन्योः युद्धले स्थिति बिग्रिन सक्छ, सबैले फारम भर्नुहोला

इजरायलस्थित नेपाली दूतावासले युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीको तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ।

दूतावासले आफ्नो सामाजिक सञ्जालमा आइतवार सूचना जारी गर्दै इजरायल र आसपासको क्षेत्रमा विभिन्न आक्रमण बढ्दै गएकाले त्यस क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित रहन र आफ्नो जानकारी दूतावासको वेबसाइटमा फारम भरेर गराउन आग्रह गरेको हो। 

दूतावासले नेपाली नागरिकलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन अनुरोध समेत गरेको छ। साथै सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा परेकाहरूलाई तुरुन्त दूतावासमा जानकारी गराउन पनि आग्रह गरेको छ।

दूतावासले भनेको छ, ‘केही समय यता इजरायलमा युद्धको अवस्था छ। दक्षिणी क्षेत्रको अशान्तिसँगै इजरायलको (उत्तरी) लेबनानसँगको सीमा क्षेत्रमा समेत रकेट तथा मिसाइल प्रहारका घटनामा बढोत्तरी हुँदै गएको छ। यस सन्दर्भमा इजरायलले त्तष्चथबत क्जmयलब सहितका बस्तीबाट नागरिकलाई अन्त्रय सार्न शुरु गरेको हुँदा सो आसपास बस्ने नेपालीलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ सचेत रहन हार्दिक अनुरोध गर्दछौं। सुरक्षित आश्रयस्थल नभएका तथा विभिन्न हिसाबले अप्ठ्यारोमा पर्नुभएकाहरूले दूतावासमा तुरुन्त जानकारी गराउनुहुन पुनः अनुरोध गर्दछौं।’

दूतावासले परिस्थिति बिग्रदै गएर कुनै आकस्मिक निर्णय गर्नुपर्ने भएमा यहाँ बस्ने हरेक नेपालीसम्म सहजै पुग्न सकियोस् भनेर दूतावासले विस्तृत विवरण सङ्कलन गर्न लागेकोले ईजरायलवासी सम्पूर्ण नेपालीले दूतावासको वेवसाइटमा राखिएको तथ्याङ्क सङ्कलन फर्म अनिवार्य भर्न आग्रह गरेको छ।

यस अघि स्वदेश फर्कन चाहनेहरूको मात्रै विवरण माग भएकोमा यो फर्म भने सबैका लागि भएकोले ईजरायलवासी सबै नेपालीहरूले यो अनलाइन रजिष्ट्रेशन फर्म अनिवार्य रुपमा भर्न पनि दूतावासले आग्रह गरेको छ।

प्रकाशित: ८ कार्तिक २०८० ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App