४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान

बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्ष दिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुचि नभएको देखिएको छ।

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो। हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ।

यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँच सय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ।  दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चारपाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश  वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन्।

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकै पटक बोलपत्र आह्वान  गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ। यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको बताए। निजी सवारी साधानलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुचि नभएको उनको बुझाइ छ।

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई दुई हजार पाँच सय, तीन पाङ्ग्रे सवारीलाई दुई हजार नौ सय, चार पाङ्ग्रे सवारीलाई  तीन हजार दुईसय र हेभी सवारीलाई तीन हजार ६ सय रुपैयाँ राजश्व तोकिएको छ। एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन्।

प्रकाशित: ५ कार्तिक २०८० ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App