५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

न्यायपालिका सुधारउन्मुख भइरहेको छः प्रधानन्यायाधीश श्रेष्ठ

फाइल तस्बिर

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारउन्मुख भइरहेको बताएका छन्।

छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जनआस्था अभिवृद्धिलाई केन्द्र बिन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर भईरहेको उनको दाबी थियो।

आइतवार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको समर्पण, लक्ष्यप्रतिको दृढ संकल्प र मेहनतले न्यायपालिकामा सुधारका स्पष्ट संकेतहरु समेत देखापर्न थालेको उल्लेख गर्दै त्यस कार्यमा संलग्न सबै पक्षप्रति आभार व्यक्त गरे। उनले २ वर्ष नाघेका मुद्दालाई बाँकी रहन नदिने लक्ष्यका साथ अदालतहरु क्रियाशील रहेको समेत बताए।

प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘नेपालको र्संविधानले प्रत्याभूति गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण राख्दै छिटो, छरितो, स्वच्छ, निष्पक्ष, शुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादनको माध्यामबाट सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहमार्फत न्यायपालिकाप्रतिको आस्था र विश्वास अभिवृद्धि गर्न यस नवनिर्मित भवनबाट हुने न्याय सम्पादन र कामवाहीले थप योगदान पुग्नेछ भन्ने मेरो अपेक्षा छ। साथै मानव अधिकार तथा संविधान प्रदत्त नागरिकका मौलिक हक अधिकारहरुको संरक्षण प्रत्याभूतिमा समेत थप प्रभावकारिता आउने विश्वास व्यक्त गरेको छु। यस भवनमा न्यायको दियो सदैव प्रज्वलित भइरहोस् र यस भवनबाट हुने कार्य सम्पादनले न्याय, सुशासन र जनआस्था अभिवृद्धिमा नयाँ उचाई कायम गर्न सकोस् भन्ने कामना समेत गर्दछु। यहाँहरुलाई थाहा छ–अहिले न्यायपालिका स्वभाविक लयमा हिँडन थालेको छ। र, सुधारको मार्गमा उन्मुख भईरहेको छ। छिटो, छरितो र गु्णस्तरीय न्याय सम्पादन तथा सेवा प्रवाह एवं सुशासन र जन आस्था अभिवृद्धिलाई केन्द्र विन्दुमा राखेर न्यायपालिका सुधारको अभियानमा अग्रसर छ। सामूहिक प्रतिवद्धता, जिम्मेवारीप्रतिको सम्र्पण, लक्ष्यप्रतिको दृढ संकल्प, र मेहनतले सुधारका रुपष्ट संकेतहरु समेत देखा पर्न थालेका छन। न्यायिक नेतृत्वको हैसियतले म यस अवसरमा सम्वद्ध सबैप्रति हार्दिक आभार र कृतज्ञता समेत ज्ञापन गर्दछु। न्यायिक सुधारको क्षितिजलाई अझ फराकिलो बनाऔं। यहाँहरुबाट आगामी दिनमा त्यसै अनुसारको क्रियाशीलताको अपेक्षा गर्दछु। २ वर्ष नाघेका मुद्धालाई बाँकि रहन नदिने लक्ष्यमा साथ अदालतहरु क्रियाशील रहेका छन।’

प्रकाशित: २८ आश्विन २०८० ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App