२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौं महानगरपालिकाले खुला मञ्च बन्द गर्न पाउँदैन: प्रमुख जिल्ला अधिकारी बस्नेत

फाइल तस्बिर

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाले खुला मञ्चमा ताला लगाएर बन्द गर्न नपाउने बताएका छन्।

आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले यस्तो कुरा बताएका हुन। उनले विगतमा खुला मञ्चमा सबैले खुला रुपमा प्रदर्शन तथा अभिव्यक्ति राख्ने ठाउँ भएकाले अहिले पनि खुला मञ्च खुलामञ्चकै रुपमा प्रयोगमा आउनु पर्ने बताए।

उनले खुलामञ्च नेपाल सरकारको भएकाले महानगर वा संघीय सरकारले कसले प्रयोग गर्ने विषयमा तत्काल निर्णय हुन आवश्यक रहेको बताए। उनले खुला मञ्चमा महानगरले ताला लगाएर बन्द गरेर राख्ने प्रदर्शनकारीहरूले माइतीघरमा आन्दोलन र प्रदर्शन गर्दा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको बताए। उनले खुला मञ्चमा सुरक्षित रुपमा प्रदर्शन तथा आन्दोलन गर्न दिए माइतीघरदेखि वानेश्वरसम्मको दैनिकी ट्राफिक व्यवस्थापन सहज हुने बताए।

उनले  काठमाडौं उपत्यकाका सडक सवारी साधन सञ्चालनको लागि मात्रै प्रयोग नभएको भन्दै सुरक्षाको हिसाबले हेर्दा माइतीघरबाट बानेश्वरसम्म दैनिक रुपमा सडक अवरुद्ध हुने गरेको बताए। प्रमुख जिल्ला अधिकारी बस्नेतले आन्दोलन गर्नेहरूलाई सरकारले साइडमा हिँडाएर नियमन गर्न समेत नसकेको बताए। उनले प्रदर्शनकर्तालाई पनि सचेतना दिन आवश्यक देखिएको बताए। उनले देशभरबाट प्रदर्शन आउँदा प्रदर्शनकारीहरूलाई देशको राजधानीमा प्रदर्शन गर्ने ठाउँ नभएको उल्लेख गरे।

उनले विगत लामो समयदेखि प्रदर्शन,सभा पर्ने र भनाइहरू राख्ने ठाउँ खुला मञ्चको रुपमा प्रयोग भएको तर अहिले बन्द रहेको भन्दै खुला मञ्चलाई सुरक्षाको दृष्टिकोणबाट व्यवस्थित रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए। उनले खुला मञ्चमा नेपाली जनता र प्रदर्शन गर्नेहरूले खुला मञ्चमा अभिव्यक्तिहरू राख्न पाउनुपर्ने बताए। उनले ट्राफिक अस्तव्यस्त हुनुमा एउटा कारण सुरक्षित रुपमा प्रदर्शन गर्ने ठाउँ नभएर पनि भएको बताए।

प्रकाशित: १४ आश्विन २०८० ०७:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App