२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ गोल्डकपको बचत २३ लाख

फाइल।

गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ बचत भएको छ। यो आम्दानीमा बाँधिने गरी सुनिश्चित भएको (उठ्न बाँकी) रकम सहित हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत लाखेजात्रा सञ्चालन समिति जिल्ला फुटबल संघले आयव्यय विवरण सार्वजनिक गरेको हो। लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार प्रतियोगितामा टिकट विक्री तथा सहयोगसहित ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ संकलन भएको थियो।

७ खेलको टिकट बिक्रीबाट मात्र १८ लाख ७६ हजार ६ सय रुपैयाँ आम्दानी भएको थियो। तीमध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको समितिका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार हाल लक्ष्मी सनराईज बैंकमा ८ लाख ५८ हजार ६ सय ४८ रुपैयाँ मौज्दात रहेको छ। फुङलिङ नगरपालिका नगर कार्यपालिका बैठकबाट स्वीकृत ५ लाख रुपैयाँ, पाथीभरा याङवरक गाउँपालिकाबाट १ लाख, सिदिङमा गाउँपालिकाबाट ५० हजार, सिरिजङगा गाउँपालिकाबाट १ लाख, मिक्वाखोला गाउँपालिकाबाट १ लाख ५१ हजार, आठराई त्रिवेणी गाउँपालिकाबाट १ लाख र फक्ताङलुङ गाउँपालिकाबाट १ लाख सुनिश्चित भएको लाखेजात्रा सञ्चालन समितिले जनाएको छ।

फुङलिङ नगरपालिकास्थित ११ वटै वडा अध्यक्ष बाट एकमुष्ट १ लाख १० हजार बुझाउने गरी रकम सुनिश्चित गरेको वडा नं. ५ का वडा अध्यक्ष सोजित श्रेष्ठले जानकारी दिए।

पत्रकार सम्मेलन अघि समितिको बैठकले पारित गरेको आय व्यय अनुसार सबैभन्दा बढी खर्च मैदान निर्माणमा भएको छ। मैदान निर्माणमा ८ लाख ९८ हजार ८ सय २५ रुपैयाँ खर्च भएको छ। प्याराफिट निर्माणमा ४ लाख ९६ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ। स्टेज मर्मत तथा व्यवस्थापनमा १ लाख १७ हजार ५ सय ४० रुपैयाँ खर्च भएको छ। ट्रफी, मेडल र पुरस्कारमा ६ लाख ३४ हजार १ सय १७ रुपैयाँ खर्च भएको छ।

आयोजकले टिम व्यवस्थापनतर्फ १० लाख ९९ हजार ६५ रुपैयाँ खर्च भएको जनाएको छ। रेफ्री र अफिसियलमा ५ लाख १८ हजार १ सय २० रुपैयाँ, कार्यालय व्यवस्थापन खर्चतर्फ ३७ हजार ४ सय ९० रुपैयाँ खर्च भएको छ। आयोजक, सुरक्षा र स्वयंसेवक खर्च ४ लाख ७१ हजार ८ सय ६५ रुपैयाँ भएको छ। यातायात व्यवस्थापन खर्च ९८ हजार र प्रचारप्रसारका लागि मिडिया खर्च २ लाख ५ हजार ६ सय रुपैयाँ भएको छ।

मायाको चिनो, स्टेशनरी र ब्यानर तथा छपाई तर्फ ४ लाख १० हजार रुपैयाँ खर्च भएको छ। लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङका अनुसार ११ दिनको अवधिमा प्रतियोगिता गर्न चुनौतीपूर्ण भएता पनि सबैको साथमा सफलतापूर्वक फुटबल प्रतियोगिता गर्न सम्भव भएको हो।

प्रतियोगितामा दार्जिलिङसहित झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ गरी ८ टिमको सहभागिता थियो।

प्रकाशित: ४ आश्विन २०८० १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App