८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

एक महिने गुँला पर्व सकियो (तस्बिरसहित)

तस्बिर :राजिव खत्री

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सकिएको छ।

विशेष गरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्धको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ। गत साउन ३२ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी आज सकिएको हो।

बौद्ध समुदायबाहेक हिन्दु धर्मावलम्बीका नेवार समुदायले पनि पछिल्लो वर्षमा यो पर्व मनाउन थालेका छन। 

यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म  व्रतालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजा अर्चना गर्ने प्रचलन छ।

दर्शन गर्न जाँदा विभिन्न बाजागाजा बजाएर श्लोक मन्त्रोच्चारण गरेर मठ, मन्दिर, चैत्य, विहार परिक्रमा गर्ने गरिन्छ। गुँला पर्व भक्तपुर, काठमाडौं, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा मनाउने गरिन्छ। तस्बिरहरु :राजिव खत्री

 

प्रकाशित: ३० भाद्र २०८० १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App