१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

खलंगा बजार अनुगमनः नियमविपरित खाद्यान्न र मेडिकल पसल सञ्चालनमा

मेडिकल तथा खाद्यान्न पसल अनुगमन गरेको तस्बिर: गोल्डेन बुढा जुम्ला ।

जुम्लाको सदरमुकाम खलंगामा बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज (बाके), जिल्ला प्रशासन कार्यालय जुम्ला र घरेलु तथा साना उद्योग कार्यालय जुम्लाले सयुक्त रुपमा खाद्यान्न र मेडिकलको छड्के अनुगमन गरेको छ।

अनुगमनका क्रममा मेडिकलहरू अव्यवस्थित र दायराभन्दा बाहिर सञ्चालन गरेको पाइएको छ। जुम्लाको सदरमुकाम खलंगामा बजारमा अवस्थित चन्दननाथ नगरपालिका विभिन्न ठाउँमा सञ्चालनमा रहेका मेडिकलमा अनुगमन गर्दा धेरै समस्याहरू देखिएका छन्। तिनवटा मेडिकल, एउटा डेन्टल क्लिनिक र ६ वटा खाद्यान्न पसलको छड्के अनुगमन गरिएको थियो। ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर, चन्दननाथ ओैषधी पसल र चन्दननाथ मन्दिर अगाडिको मेडिकल अनुगमन गरिएको हो।

ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर ५० हजार, चन्दननाथ ओैषधी पसल ५० हजार र कर्णाली मेडिकललाई २० हजार जरिवाना गरिएको हो। औषधि खरिद र बिक्रीको अभिलेख नराखेको तथा मेडिकल नविकरण नगरेको लगायतका समस्या पाइएको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए। चेकजाँच गर्ने ठाउँ तथा औषधि राख्ने ठाउँ पनि राम्रो नभएको अनुगमन टोलीले बताएको छ। यसैगरी खाद्यान्नतर्फ ६ वटा पसल अनुगमन गरिएको थियो। ५० हजार ७ सय ३६ रुपैयाँ बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ।

चियापत्ती,डेरी मिल्क, डाइपर, ललिपप, माल्टा क्रिम, स्किन क्रिम, बियर, पापड, ड्राईफुड्स, सनफ्लावर तेल, धारा तेल, स्वस्तिक तेल, किसमिस चाउचाउ मिठाइँ, दालमोठ, लगायतका सामान जफत गरिएको गरिएको थियो। 

लुम्बिनी ट्रेड्रस,सागर ट्रेड्रस,लुना स्टोर्स एण्ड सप्लायर्स, बुढा जनरल स्टोर्स, न्यु श्रृष्टि जनरल स्टोर्स र पाल्पाली जनरल स्टोर्समा अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय जुम्लाका प्रमुख डाक्टर ईश्वर सुवेदीले बताए। उनले भने, 'अनुगमनको क्रममा कैफियत भेटिएका सबै मेडिकल र पसलमा आवश्यकता अनुसार सल्लाह सुझाव दिइएको छ। लुम्बिनी ट्रेड्रस, सागर ट्रेड्रसबाट ३० हजार ३ सय ९० रुपैयाँ, लुना स्टोर्स एण्ड सप्लायर्स, १४ हजार २ सय ३१ रुपैयाँ, न्यु श्रृष्टि जनरल स्टोर्सबाट २ हजार ५ सय ६५ रुपैया र पाल्पाली जनरल स्टोर्समा ३ हजार ५ सय ५० रुपैयाँको सामान जफत गरि बरामद गरिएको छ।

त्यस्तै सागर ट्रेड्रस र बुढा जनरल स्टोर्सलाई चेतना दिइएको अनुगमन टोलीले जनाएको छ। सल्लाह सुझावलाई कार्यान्वयन गर्न पनि अनुगमन टोलीले निर्देशन गरेको छ। यस्तै,उद्योग तथा उपभोक्ता हित सरंक्षण जुम्ला, आन्तरिक राजश्व कार्यालय जुम्ला,उद्योग बाणिज्य संघ जुम्ला,नागरिक समाज, र पत्रकार महासंघ जुम्लाको संयुक्त आयोजनामा मेडिकल र खाद्यान्न पसलको अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित सरंक्षण जुम्लाका कार्यालय प्रमुख श्रिकृष्ण देवकोटाले बताए। 

बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्ज (बाके) ले मुगुको छायानाथ नगरपालिका वरपर बजार क्षेत्रका पसमा खाद्यान्न पसल अनुगमन गरेको थियो। करिब ७५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामान जफत गरि नष्ट गरिएको बाणिज्य आपूर्ति तथा उपभोक्ता सरंक्षण कार्यालय नेपालगन्जका प्रमुख बिष्णु प्रसाद धितालले बताए।

प्रकाशित: ३० भाद्र २०८० ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App