२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

गुरुकुलमा ‘विद्यालय नाटक महोत्सव’

विराटनगरको हाटखोला स्थित आरोहण गुरुकुलमा विद्यालय नाटक महत्सवको आयोजना गरिएको छ।    

विद्यार्थीहरूलाई कला क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले शुक्रबारदेखि ‘विद्यालय नाटक महोत्सव २०८०’ को आयोजना गरिएको आरोहण गुरुकुल विराटनगरले जनाएको छ।

भदौ २२ गते आरोहण गुरुकुलको ‘नेता जी’ नाटक प्रदर्शन गरेर सुरुवात गरिएको महोत्सव भदौ ३१ गतेसम्म सञ्चालन हुने आरोहण गुरुकुलका महासचिव विवश पोखरेलले जानकारी दिए।  

महोत्सवमा विराटनगरका विभिन्न ९ वटा विद्यालय सहभागि रहेका छन्। १० दिनसम्म सञ्चालन हुने नाटक महोत्सवमा ४ हजार विद्यार्थी उपस्थित हुने आरोहण गुरुकुलको अनुमान छ। 

महोत्सवमा विराटनगरको मोर्डन एरा इङ्लिस स्कुल, ग्रिनल्याण्ड माध्यामिक विद्यालय, ग्रेडेड सेकेण्डरी स्कुल, जेसी बालसदन माध्यामिक विद्यालय, लिलिपुट प्रिमियम इलिमेन्टरी स्कुल, हेरिजेट इन्टरनेशनल स्कुल, पूर्वाञ्चल विद्यासदन सेकेण्डरी स्कुल, जनपथ माध्यामिक विद्यालय र कान्तिपुर माध्यामिक विद्यालय सहभागी भएका छन्।

प्रकाशित: २४ भाद्र २०८० १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App