२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पुल त बन्यो, तर बाटो छैन

उर्लाबारी – निर्माण सम्पन्न भएको दुई महिना बितिसक्दा पनि मोरङको उर्लाबारी–९ स्थित मावा खोलाको पुल सञ्चालनमा आउन नसक्दा स्थानीयवासीलाई आवत–जावतमा समस्या भएको छ। 

मोरङ र झापा जिल्लालाई जोड्ने सेतुमारीस्थित मावा खोलाको पुल बाटो नहुँदा सञ्चालनमा आउन नसकेको हो। उर्लाबारी–९ र दमक–१० जोड्ने मावा खोलामा जिल्ला समन्वय समिति झापाको रु चार करोड २१ लाखको लागतमा पुल निर्माण भएको हो। 

पुलको निर्माण कार्य जेठ पहिलो सातामै सम्पन्न भएपनि मोरङतर्फको करिब ५०० मिटर बाटो नबन्दा पुल सञ्चालनमा आउन सकेको छैन जसका कारण सो क्षेत्रका स्थानीयवासीलाई आवात–जावतमा समस्या भएको छ। ६६ मिटर लम्बाई र ५।४५ मिटर चौडाइको पुलको निर्माण कार्य काठमाडौँको बिटी निर्माण सेवाले सम्पन्न गरेको पुल रेखदेख समितिका अध्यक्ष अम्बिका खनालले जानकारी दिइन्। 

पुल बनिसके पनि उर्लाबारी तर्फको ५०० मिटर बाटो निर्माणको प्रक्रिया अझै शुरु हुन सकेको छैन। बाटो नबन्दा स्थानीय बासिन्दा अन्यौलमा परेका छन्। उक्त पुल निर्माणमा प्राविधिक सहयोग पु¥याएको लोकल रोड एण्ड ब्रिज कार्यक्रमका टेक्निकल अफिसर सर्वेन्द्र चौधरीले पुल पश्चिमतिर दुईवटा कल्भर्टसहित करिब ५०० मिटर नयाँ बाटो निर्माण गर्नुपर्ने बताए। 

तर बाटो निर्माणको प्रक्रिया अघि नबढ्दा पुल निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन नसकेको हो। रासस 

प्रकाशित: २३ भाद्र २०७४ ०६:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App