२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग (गौशाला २६) माथीको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ।  

काठमाडौं जिल्ला अदालतमा आज पेसी तोकिएको रहेको छ। यसअघि लामो समयदेखि पेसी चढ्ने, तर आदेश गरेर सर्दै आएको थियो। अघिल्लो पेसीमा पनि पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएको थियो। आजको पेसीमा थप कुनै आदेश नभए फैसला केन्द्रित सुनुवाइ गर्ने अपेक्षा गरिएको छ।  

१८ वर्षभन्दा कम उमेरकी महिला (किशोरी) माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ । सन्दीपबिरुद्ध मुलुकी अपराध संहीता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३) को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ । उक्त कसुरअन्तर्गत १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

गत वर्ष भदौ ५ गते  बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

मुद्दाको अन्तिम किनारा नलागेको भन्दै सन्दीप एसिया कप क्रिकेट खेल्न पाकिस्तान गएका छैनन्।

प्रकाशित: १० भाद्र २०८० ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App