२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोमा दुईको मृत्यु दुई वेपत्ता, गाँउनै पहिरोको जोखिममा

पाँचथर-  पहिरोका कारण पाँचथरमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। अझै दुई बेपत्ता रहेका छन्। पहिरोका कारण बेपत्ता भएका तीन जना मध्ये एक जनाको शव फेला परेको छ।

फालेलुङ– ३ ताङलेपामा रहेको निवाखोला लद्युजलविद्युत आयोजनाको पावर हाउस बगाउँदा आयोजनाको रुगालोको रुपमा बस्ने एक परिवारका  तीन जना वेपत्ता भएका थिए ।  यि मध्ये एक जनाको शव फेला परेको नेपाली सेनाको भैरवी दलका गणपत्ति शिवराज पन्तले जानकारी दिए । मृत्यु भएकाको छोरी या नातीहो भन्ने यकिन भएको छैन । पहिरोका कारण  विष्णुभक्त राई, वुहारी पर्था राई र  नाती गंगा राई वेपत्ता भएका थिए । नीवा खोलाको माझिटार भन्ने ठाँउमा उनको सव भेटिएको हो । बाँकी बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ । सोहि परिवरका सञ्चमाया राई ट्वाईलेट गएका कारण जोगिएकी थिईन । पहिरोका कारण १५ मेघावटको लद्युजलविद्यत आयोजना सहित घरै बगाएको थियो  ।  खोल्सिबाट आएको पहिरोले आयोजना सहित घर बगाएको हो ।

यस अघि  फालेलुङ–१  एकतीनको चुपादिनमा ८३ बर्षिय तिलोचन विश्वकर्माको मृत्यु भएको थियो। पहिराको कारण जिल्लामा पाँच घर बगाएको छ । ४१ घर पहिरोको उच्च जोखिममा परेका कारण स्थानिय विस्तापित भएका छन् । ४१ परिवारका १ सय ८५ जना विस्तापित अवस्था रहको प्रारम्भिक विवरण आएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले जानकारी दिए।

पहिरोका कारण फालेलुङ गाँउपालिकाको खोलागारी, ताङलेपा, माङलेवुङ, विकट वस्तीनै जोखिमा परेको छ। पहिरोका कारण वस्तीनै जोखिममा परेपछि यहाँका वासिन्दा विस्तापित भएको गाँउपालिका अध्यक्ष सञ्चकुमार केरुङले बताए। उनीहरुले घरवाट केहि सामान निकाल्न पाएका छैन। गाँउ पहिरोले छिया छिया भएको उनले बताए । उनीहरुलाई डाँडामा लगेर सुरक्षित राखिएको छ । विस्तापितलाई खाने, वस्ने समस्या रहेको केरुङले जानकारी दिए।

विभिन्न ठाँउमा सानो ठुलो पहिरो गएका छन् । सडकहरु अवरुद्ध छन् । मेची राजमार्गका आईवारमात्र तीन पल्ट अवरुद्ध भएको थियो । मध्यपहाडी लोकमार्गसहित ग्रामिण सडक पुर्ण रुपमा अवरुद्ध छन् । निरन्तरको बर्षाका कारण विभिन्न ठाँउका वासिन्दा त्रसिद अवस्थामा छन् । झरी रोकिएको छैन । विद्युत, इन्टरनेट सेवा अवरुद्ध छ ।

पहिरोका कारण ज्यान गुमाएको परिवारलाई एक लाख रुपैँया दिने निर्णय गरीएको छ । जिल्ला दैविक प्रकोप राहत तथा उद्वार समितिको आईतवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रकाशित: २९ श्रावण २०७४ १२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App