५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठ नियुक्त भएका छन्।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठलाई नियुक्त गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

उनका अनुसार नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले भोली (मंगलबार) शपथ लिने कार्यक्रम तय भएको छ। यो सँगै श्रेष्ठ मुलुकको ३१ औं प्रधानन्यायाधीश बनेका छन्।

सोमबार सिंहदरबारमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बसेको संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भर प्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको थियो।

प्रकाशित: ४ भाद्र २०८० १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App