२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदै छ।  

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आज मुद्दाको सुनुवाइ हुने भएको हो। सन्दीपको मुद्दालाई क्रम स‍‌ख्या 'ख' मा राखिएको छ। सन्दिपविरूद्धकाे मुद्धाकाे सुनुवाइ यसअघि धेरै पटक सर्दै आएकाे छ। तर क्रम स‌ख्या 'ख'मा नम्बरमै परेकाेले सुनुवाईले निरन्तरता पाउने सम्भावना छ।  

सन्दीपले नाबालिग गौशाला २६ (प्रहरीले दिएको नाम) लाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन्। नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

प्रकाशित: ३२ श्रावण २०८० ०५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App