५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सप्तकोशीमा पानीको बहाव उच्च, श्रीलंका टापुका बासिन्दा जोखिममा

बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र सुनसरीका प्रजिअ हुमकला पाण्डेसहितको टोली श्रीलंका टापुमा: तस्बिर: नागरिक।

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएसँगै सुनसरीको पश्चिम भूभागमा तीव्र कटान गर्न सुरु गरेको छ। बराहक्षेत्र नगरपालिका वडा नं. ६ र ९ को श्रीलंका टापुमा कटान सुरु गर्ने थालेको हो।

वडा नं. ६ र ९ श्रीलंका टापु कोसी कटानको जोखिममा छ। हरेक वर्ष कोसीले जग्गा कटान गर्छ। यस वर्ष ३४ वर्षयताकै सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सप्तकोसीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका पाँच सय घरपरिवार उच्च जोखिममा परेका छन्।

सोमबार कोसी कटान क्षेत्र श्रीलंका टापुका स्थानिवासिहरुसँग प्रकोपको पूर्व तयारीबारे छलफल गरेर काम थालिएको बराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले बताए।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलगायतको सुरक्षा निकायको टोलीले पनि श्रीलंका टापु पुगेर स्थानीयको अवस्थाबारे जानकारी लिएको छ।

श्रीलंका टापुमा आँखाले देखिने क्षितिज भन्दा निकै टाढासम्म फैलिएको बस्तीमा बग्रेल्ती कच्ची घरहरू छन्। जताततैबाट हिँड्न सकिन्छ। श्रीलंका टापुमा १२ हजारभन्दा बढीको बस्ती छ। 

मधेसको आदिवासी चन्दवंशी लगायत सबै खाले जातजाति पहाडका राई, लिम्बु, बाहुन क्षेत्री, मगरको बसोबास रहेको श्रीलंका टापु सरकार भन्दा निकै टाढा छ। टापुका मतदाता चुनावका बेलामा भोट हाल्न कोशी पूर्वको बराहक्षेत्र आउँछन्। भोट हाल्छन् त्यो बाहेकको राज्यसँग उनीहरुको अरु धेरै लेनदेन देखिँदैन।

कृषि र पशुपालनमा निर्भर रहेको कोशी टप्पुका बासिन्दा सबै जना ऐलानी जग्गामा बसोबास गर्छन्। टापुमा धान कमै फल्छ। गहुँ, मकै कोदो टापुको मुख्य उत्पादन हो। यहाँका बासिन्दाले पशुपालन र तरकारीबाट मनग्ये आम्दानी गर्छन्। गोठबाट दाम्लो फुकालेर छोडेपछि एकै पटक साँझपख बस्तुभाउ खोज्दा हुने चरनको प्रचुर सम्भावना देखिन्छ।

पाँच दशक अघि कोशीका दुवै किनारामा तटबन्ध थिएनन्। कोशी पश्चिमबाट बग्थ्यो। त्यस बेला श्रीलंका टापु पनि थिएन। अहिले कोशी  पूर्वी र पश्चिम भँगालो भएर बग्न थालेपछि बिचमा टापु बन्न पुगेको हो।

प्रकाशित: २९ श्रावण २०८० १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App