२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राहतका लागि बाढीपहिरो विस्थापितको तथ्यांक संकलन गरिने

जिल्ला विपद् व्यवस्थापन समितिले जेठ मसान्तदेखि मंगलबारसम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्णरूपमा क्षति भएको बताएको छ। पहिरोमा परी तीनको मृत्यु, ३ बेपत्ता र ३ घाइते भएको विपद् व्यवस्थापन समितिले बताएको छ।

समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी गोमादेवी चेमजोङका अनुसार सबैभन्दा बढी सिदिङ्वा गाउँपालिकामा क्षति भएको छ। सिदिङ्वा-६ मेहेले, सिदिङ्वा-७ सुरुम्खिम र सिरिजङ्गा-७ खेवाङमा २-२ घर, सिदिङ्वा-३ आङ्खोपमा ४ घर, सिरिजङ्गा-८ याम्फुदिन, मैवाखोला-३ र साँघु र वडा नं ४ साँघुमा १-१ घर पूर्ण रूपमा क्षति भएको विपद् समितिले बताएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले जेठ मसान्तदेखि मंगलबारसम्ममा बाढी र पहिरोबाट ताप्लेजुङमा १३ घर पूर्णरूपमा क्षति भएको बताएको छ। पहिरोमा परी तीनको मृत्यु, ३ बेपत्ता र ३ घाइते भएको विपद् व्यवस्थापन समितिले बताएको छ।

पहिरोमा परी सिदिङ्वा मेहेलेका गणेश तामाङ, केशरबहादुर राई र सुरेश राईको मृत्यु भएको तथा मेहेलेकै एकाघरका भगीमाया बुढाक्षेत्री, सन्ध्या बुढाक्षेत्री र प्रज्ज्वल बुढाक्षेत्री बेपत्ता भएको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ।

पहिरोमा परी ३ मैवाखोला हाइड्रोपावरमा कार्यरत भीमबहादुर तामाङ उपचारपछि घर फर्किएको र सिदिङ्वा-६ का राजकुमार राईको विराटनगरमा र बिर्खबहादुर लिम्बुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको व्यवस्थापन समितिले जनाएको छ।

बेपत्ताको खोजीमा तीव्रता दिइने

जिल्ला विपद् व्यवस्थापन समितिले बेपत्ता सदस्यको खोजी कार्यलाई निरन्तरता दिइने निर्णय लिएको छ। सिदिङ्वा-७ मेहेलेमा एकाघरका तीनजना बेपत्ता छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा स्थानीयसमेतलाई परिचालन गरी बेपत्ता सदस्यको खोजी जारी राख्ने विपद् व्यवस्थापन समितिले निर्णय लिएको हो।

यस्तै विपद् व्यवस्थापनमा संलग्न सबै निकायले विपद् प्रतिकार्यका क्रममा आफूसँग उपलब्ध स्रोत, साधन र जनशक्तिको उल्लेख्य परिचालन र पूर्ण तयारी हालतमा राख्नेसमेत निर्णय भएको छ। बैठकले पूर्ण घर क्षति भएका परिवारलाई प्रति परिवार कम्तीमा ६ बन्डल कर्कट पाता उपलब्ध गराइदिन कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय लिएको छ।

३ दिनभित्र विस्थापित परिवारको पूर्ण विवरण संकलन गरिने

जिल्ला विपद् व्यवस्थापन समितिले तीन दिनभित्र बाढी-पहिरोबाट विस्थापितको विवरण संकलन गरी सम्बन्धित स्थानीय तहमार्फत जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने छ।

राहत प्रबन्ध गरिँदै

जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरोबाट मृत्यु भएका परिवारका नजिकका हकदार र पूर्ण, आशिंक तथा सामान्य क्षति भएका परिवारलाई मापदण्डबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने बैठकले निर्णय गरेको छ।

यस्तै आशिंक र सामान्य क्षति भएका परिवारलाई राहत उपलब्ध गराउन कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गरिएको छ।

यस्तै बैठकले घाइतेको स्थानीय अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने र थप आर्थिक सहायताका लागि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

यस्तै तत्कालीन तथा दीर्घकालीन राहतका लागि नेपाल रेडक्रस सोसाइटीमार्फत रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, विश्व खाद्य कार्यक्रम, सेभ द चिल्ड्रेनलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायलाई अनुरोध गरिएको छ।

यस्तै बैठकले घाइतेको स्थानीय अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध गर्ने र थप आर्थिक सहायताका लागि कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

पहिरोमा परी घर क्षति भएकामध्ये केही परिवार आफ्नै घरमा, केही परिवार आफन्तकहाँ र केही परिवार आश्रयस्थल बनाई बसेकाले रेडक्रस सोसाइटीले तत्काल गैरखाद्य राहत सामग्री उपलब्ध गराउने र अन्नपात क्षति भएका परिवारलाई सम्बन्धित स्थानीय तहमार्फत आवश्यक प्रबन्ध मिलाइने निर्णयसमेत जिल्ला विपद् व्यवस्थापन समितिले लिएको छ।

प्रकाशित: ६ असार २०८० ०२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App