६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

आइइएलटिएस पुरस्कार २०२३ को प्रतिस्पर्धा दक्षिण र पुर्वी एशियाभित्र

ब्रिटिस काउन्सिलले यो वर्ष अर्थात् सन् २०२३ को लागि आइइएलटिएस (अन्तराष्ट्रिय अग्रेजी भाषा प्रणाली) को लागि आवेदन खुल्ला गरेको छ।

यो वर्षको लागि पूर्वी र दक्षिण एशियाका बिद्यार्थीहरुले पुरस्कारमा आवेदन दिन मिल्ने नेपाल स्थित ब्रिटिश काउन्सिलले जनाएको छ। यो वर्ष चीन, ज जापना, हङकङ, इण्डोनेसिया, कोरिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान , थाइल्याण्ड,भियतनाम, पाकिस्तान, नेपाल र श्रीलंकामा बसोबास गर्ने परिक्षार्थी मात्र प्रतियोगितमा सहभागी हुन पाउनेछन्। सन् २०२३ सेप्टेम्वर १७ सम्मको लागि आवेन मिति तोकिएको छ।

यो पुरस्कार वापत अंगे्रजी भाषका विश्वविद्यालयहरुमा अध्ययन गर्ने बिद्यार्थीको हकमा प्रदान गरिनेछ। पुरस्कारको लागि छनौट भएका विद्यार्थीको लागि ८ लाख ५० हजार रुपैंया बराबर अर्थात ५ हजार पाउण्ड बेलायती रुपैंया प्रदान गरिनेछ। पुरस्कार पाउने बिजेताहरु विदेशमा आफ्नो अध्ययनवाट ज्ञान लिएर स्वेदशमा ज्ञान फैलाउन क्षमतावान व्यक्ति हुने ब्रिटिश काउन्सिल नेपालका लागि महाप्रबन्धक म्याक्सिम राइमनले बताएका छन्। उनले भने, ‘अन्तराष्ट्रिय अध्ययन र सहकार्य सवैको लागि शान्त र समृद्ध विश्व निर्माण गर्न महत्वपुर्ण छ भन्ने विश्वास गछौं’ उनले भने।  

यो पुरस्कारको लागि अंगे्रजी भाषी बिश्वबिद्यालयमा स्नातक तथा स्नाकोत्तर तहको अध्ययन गर्न जाने बिद्यार्थीहरु छनौटमा पर्नेछन्। बिजेता मध्ये तीन जनालाई यो पुरस्कार प्रदान गरिने नेपाल स्थिति ब्रिटिश काउन्सिलले जनाएको छ। छनौट भएका प्रतियोगीहरुलाई जनवरी २०२३ देखि मार्च २०२४ सम्म उनीरुको पाठ्यक्रम सुरु हुनेछ। आवेदनको लागि एनपि डट ओआरजी डट ब्रिटिशकाउन्सिल डट डब्लु,डब्लु, डब्लुमा गएर फारम भर्न सकिनेछ।  

प्रकाशित: ४ असार २०८० १०:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App