४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

कार्यालय छाडेर कृषिका २६ कर्मचारी घुमफिरमा

गोरखा- जिल्ला कृषि विकास कार्यालय गोरखाका २६ जना कर्मचारी कार्यालयको काम छाडेर घुम्न हिँडेका छन। नयाँ वर्षको दिन बैशाख १ गतेदेखि सरकारी गाडी सहित घुम्न निस्किएका कार्यालय प्रमुख यामकुमार श्रेष्ठ नेतृत्वका कर्मचारी आईतवार सम्म पनि नफर्कँदा काम लिएर कृषि कार्यालय पुगेका सेवाग्राही निराश भएर फर्किए।

सेवाकेन्द्र देखि कार्यालयका प्रमुख, अधिकृत देखि कार्यालय सहयोग सबै भ्रमणमा हिँडेका छन्। चार गते साँझ फर्कने गरी चारदिने यात्रा तय गरेर हिँडेको कृषिको टोली मुस्ताङ घुमेर फर्किएको हो। कार्यालय प्रमुख बरिष्ठ कृषि विकास अधिकृत यामकुमार श्रेष्ठले कार्यालयको स्विकृत कार्यक्रम भएकाले मुस्ताङको स्याउ खेती हेर्न प्राविधिक सहित गएको बताए। गोरखामा व्यवसायीक रुपमा स्याउ खेती हुने ठाउँ भने छैन। स्याउ खेतीको बाहना बनाएपनि घुमफिरका लागि कार्यालय प्रमुख सहित केही कर्मचारीले मुस्ताङ तय गरेपछि भ्रमण टोली त्यसतर्फ लागेको स्रोतले जनाएको छ । धेरैदिन कार्यालय बन्द गर्दा समस्या नहोस भनेर दुई दिन बिदा सहित चार दिन भ्रमणमा निस्किएको कार्यालय प्रमुख श्रेष्ठले बताए। आईतवार उनको कार्यकक्षमा ताला लगाइएको थियो । दुई जना कर्मचारी बाहेक कोही नहुँदा चिठी पत्र बुझ्ने बाहेकका काम केही भएन ।

कृषि कार्यालयमा काम लिएर आएका कृषक फेरी अर्को दिन सेवा लिन आउने गरी आईतवार फर्कन बाध्य बने । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सार्वजनीक बिदाको दिन सवारी चलाउने पास लिएको बताउँदै भने ‘स्याउ खेती हेर्न मुस्ताङ जाने भनेका थिए, सबै कर्मचारी जाने, र चार दिन सम्म भन्ने बारे जानकारी गराएनन ।’ सेवाप्रभावित हुने गरी भ्रमणमा जानु उचित भएको भन्दै कार्यालय प्रमुख सँग जानकारी लिने उनले बताए।

 

 

प्रकाशित: ३ वैशाख २०७४ १४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App