२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

वातावरण दिवसको अवसरमा र्‍याली

वातावरण दिवसको अवसरमा आज काठमाडौं उपत्यकासहित देशभर विश्व वातावरण दिवस मनाइँदै छ।सो अवसरमा आज ललितपुरमा र्‍याली गरिएको छ।

वातावरण दिवसको अवसरमा ललितपुरमा विभिन्न विद्यालयका विद्यार्थीहरुसहित आम नागरिकले वातावरण जोगाउन आवश्यक रहेको भन्दै र्‍याली गरेका छन्।नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराकासाथ वातावरण दिवस मनाइँदैछ।

संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ। नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ। आज वातावरण संरक्षण र प्रवद्र्धनसम्बन्धी विविध कार्यक्रम गर्दै दिवस मनाइँदै छ। 

प्रकाशित: २२ जेष्ठ २०८० ०४:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App